कमानसिंहकी श्रीमती इन्द्रमाया भन्छिन्, 'अनावश्यक विवादमा नारायणकाजीलाई मुछियो'

सफल खबर संवाददाता

शुक्रबार, २६ मंसिर २०७७, १८ : ५५
कमानसिंहकी श्रीमती इन्द्रमाया भन्छिन्, 'अनावश्यक विवादमा नारायणकाजीलाई मुछियो'

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा पुर्वसांसद कमानसिंह लामाको निधनपछि सोही पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई जोडेर आएका समाचारप्रति स्वर्गीय लामाकी श्रीमतीले सत्यतथ्य सार्वजनिक गरेकी छन् । 

तामाङ दम्पतीका नाममा रहेको उक्त आयोजना टाट पल्टिने अवस्थामा स्वामित्व परिवर्तन भएको प्रष्ट पारिएको छ। आर्थिक, राजनीतिक र सामाजिक जीवन सिद्धिने अवस्थामा सुसन कर्माचार्यले सहयोग पुर्‍याएको पूर्व राजदूत कमानसिंह लामाकी पत्नी इन्द्रमायाले जनाएकी छन् ।

श्रीमान् र आफूबीचको द्वन्द्वका कारण हाइड्रोको सेयर संख्या परिवर्तन भएको उनले विज्ञप्तिमा उल्लेख गरेकी छन् 
। अभिभावकको नाताले विवादको विषयले श्रेष्ठलाई जानकारी गराएको उनले बताइन् ।

‘हाइड्रोपावर कम्पनीको सेयर संख्या मेरो बढी हुुनु नै हो । जसका कारण कानुनी प्रक्रिया पूरा गरिसकेपछि पनि मेरो श्रीमानले पटक–पटक मलाई पैसाको लागि विभिन्न बहाना बनाई तनाव दिने, उहाँले भनेजति रकम नदिए कुट्ने, पिट्ने र मानसिक यातना दिनेदेखि विभिन्न लान्छना लगाउने काम समेत गर्नुभयो’, इन्द्रमायाले बकपत्रमा भनेकी छन्, ‘बिरामी अवस्थामा मानसिक यातना दिने क्रम रोकिएन । तर पनि मबाट उहाँप्रति मेरो दायित्व पूरा गर्ने कुरामा कुनै कसुर बाँकी राखेको छैन ।’

प्रतिक्रिया दिनुहोस