काठमाडौं । जिल्लामा चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा सवारी दुर्घटनामा परी ४० को मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार गतसाउनदेखि हालसम्म भएका १५८ दुर्घटनामा ज्यान गएको हो । ज्यान गुमाउनेमा ३३ पुरुष, तीन महिला, एक बालक र तीन बालिका रहेका छन् । एक सय २३ गम्भीर घाइते र १४० सामान्य घाइते भएका छन् ।
दुर्घटनामा १८३ सवारी साधन परेको कार्यालयको तथ्याङ्कले जनाएको छ । ती दुर्घटनामा पर्नेमा सबैभन्दा वढी १२० मोटरसाइकल रहेका छन् । यस्तै ट्रकटेङ्कर ४४ , जिप कार २९, टेम्पो १३, बस १२ , ट्याङ्कर नौ, शरीरिक शक्तिबाट चल्ने नौ, ट्रिपर तीन र अन्य एउटा रहेको कार्यालयका प्रमुख दयाकृष्ण भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा पर्नेमा २५ देखि ३६ वर्ष उमेर समूहका बढी रहेका छन् ।
पछिल्लो समय सडक साँघुरो हुँदै जानु र सवारीको चाप बढ्दै जानुले पनि दुर्घटना बढाएको उहाँले बताउनुभयो । तीव्र गतिमा मोटरसाइकल चलाउने युवा पुस्ता बढी भएकाले मोटरसाइकल बढी दुर्घटना हुने गरेको उहाँको भनाइ छ । गत आर्थिक वर्षमा भएका सवारी दुर्घटनामा १०७ को मृत्यु भएको थियो । सो समयमा २६१ दुर्घटनामा ४२१ सवारी साधन परेको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २६ मंसिर २०७७, १८ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु
चितवनमा बस र माइक्रो ठोक्किँदा ७ जनाको मृत्यु, १८ जना घाइते
पाल्पामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु
मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हबल्दारको मृत्यु
हेटौँडामा यात्रुबसले कार र ट्यांकरलाई ठक्कर दिँदा १० जना घाइते
बागलुङ जिप दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या चार पुग्यो