काठमाडौं । जिल्लामा चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा सवारी दुर्घटनामा परी ४० को मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार गतसाउनदेखि हालसम्म भएका १५८ दुर्घटनामा ज्यान गएको हो । ज्यान गुमाउनेमा ३३ पुरुष, तीन महिला, एक बालक र तीन बालिका रहेका छन् । एक सय २३ गम्भीर घाइते र १४० सामान्य घाइते भएका छन् ।
दुर्घटनामा १८३ सवारी साधन परेको कार्यालयको तथ्याङ्कले जनाएको छ । ती दुर्घटनामा पर्नेमा सबैभन्दा वढी १२० मोटरसाइकल रहेका छन् । यस्तै ट्रकटेङ्कर ४४ , जिप कार २९, टेम्पो १३, बस १२ , ट्याङ्कर नौ, शरीरिक शक्तिबाट चल्ने नौ, ट्रिपर तीन र अन्य एउटा रहेको कार्यालयका प्रमुख दयाकृष्ण भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा पर्नेमा २५ देखि ३६ वर्ष उमेर समूहका बढी रहेका छन् ।
पछिल्लो समय सडक साँघुरो हुँदै जानु र सवारीको चाप बढ्दै जानुले पनि दुर्घटना बढाएको उहाँले बताउनुभयो । तीव्र गतिमा मोटरसाइकल चलाउने युवा पुस्ता बढी भएकाले मोटरसाइकल बढी दुर्घटना हुने गरेको उहाँको भनाइ छ । गत आर्थिक वर्षमा भएका सवारी दुर्घटनामा १०७ को मृत्यु भएको थियो । सो समयमा २६१ दुर्घटनामा ४२१ सवारी साधन परेको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २६ मंसिर २०७७, १८ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते