नवलपरासी । पूर्वी नवलपरासीको दुम्किबासमा एक ट्याक्टर चालकको मृत्यु प्रहरीको कुटपिटबाट भएको भन्दै दुम्किबास तनावग्रस्त भएको छ । मजदुरहरुले बिहीबार राति देखि पूर्वपश्चिम महेन्द्रराजमार्गको यातायात अवरुद्ध गरेका थिए । प्रहरीले आज बिहान बल प्रयोग गरेर बाटो खुलाएको हो ।
प्रहरीले कुट्दा ट्याक्टर चालकको मृत्यु भएको भन्दै स्थानीयले प्रहरीविरुद्ध नाराबाजी र प्रर्दशन गरेका हुन् । बिहीबार रातिदेखि स्थानीयले दुम्किबास बजारमा इलाका प्रहरी कार्यालय दुम्किबास अगाडि प्रदर्शन गरेका थिए । प्रदर्शनका कारण झडपसमेत भएको छ । प्रहरीले घटनालाई नियन्त्रणमा लिन केही राउन्ड अश्रुग्यास प्रहार गरेको थियो भने दोहोरो झडपमा दुईजना प्रहरी सामान्य घाइते भएका छन् ।
बिहीबार राति दुम्किबासस्थित विनयी खोलामा अवैद्य रुपमा बालुवा लिन गएका ट्याक्टरहरुलाई नियन्त्रणमा लिने क्रममा दुर्घटना भइ घाइते भएका चालकको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यता स्थानीयले भने प्रहरीले कुटपिट गरेर मारेको आरोप लगाएका छन् ।
पूर्वी नवलपुरका प्रहरी प्रमुख प्रकाश मल्लले विनयी खोलामा बालुवा चोरी रहेका ट्याक्टरहरु नियन्त्रणमा लिने क्रममा भागाभाग हुँदा ट्याक्टर दुर्घटनामा परेको बताए । प्रहरी खोलामा पुगेको जानकारी पाएपछि बत्ती निभाएर ट्याक्टर दौडाउँदा खाडलमा परेको र उछिट्टिएर चालक गम्भीर घाइते भएको मल्लको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ मंसिर २०७७, ०७ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भिरबाट लडेर एक युवकको मृत्यु
कपिलवस्तुमा सर्पले डस्दा १४ महिने बालिकाको मृत्यु
मोबाइल फोनको चार्जर छुटाउँदा करेन्ट लागेर मृत्यु
अमेरिकामा भएको कार दुर्घटनामा परि दुई नेपालीको मृत्यु
छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु
करेन्ट लागेर युवकको मृत्यु