काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज सुनको मुल्यमा गिरावट आएको छ ।
महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला रु ९३ हजार ४०० मा कारोवार भएको बिहीबार प्रतितोला ९२ हजार ५०० तोकिएसंगै रु ९०० ले ओरालो लागेको हो ।
यस्तै तेजाबी सुनसमेत प्रतितोला रु ९०० ले ओरालो लागेको छ । बुधबार प्रतितोला रु ९२ हजार ९५० मा कारोवार भएको तेजाबी सुन आज भने प्रतितोला रु ९२ हजार ५० मा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको छ ।
यस्तै चाँदीको मूल्य प्रतितोला रु १५ ले घटेको छ । बुधबार प्रतितोला रु एक हजार २१५ मा कारोवार भएको चाँदी आजका लागि भने प्रतितोला रु एक हजार २०० मा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको महासङ्घले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ मंसिर २०७७, ११ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो तोलाको ?
सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?
बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?