भक्तपुर । भक्तपुरको कौशलटारमा आइतबार मध्यराति भएको कार दुर्घटनामा परी एक जना महिलाको मृत्यु भएको छ। बा. ८ च ४७५६ नं को कार काठमाडौबाट भक्तपुर आउने क्रममा अनियन्त्रित भई लेनमा पल्टिईएर सडक बीचको फलामको रेलिङहरुलाई ठक्कर दिई दुर्घटना भएको देखिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको हो ।
सो दुर्घटनालगत्तै सडक किनारमा अन्दाजी ३० वर्षकी महिला अचेत अवस्थामा लडेको देखिएपछि उनलाई उपचारका लागि अस्पताल पुर्याउँंदा चिकित्सकले मृत घोषणा गरेको प्रहरी परिसर भक्तपुरले जनाएको छ। मृतक महिला काठमाडौ महानगरपालिका ४ धुम्बाराही पिपलबोट बस्ने वर्ष ३० की रिया श्रेष्ठ रहेको खुल्न आएको छ।
घटना सम्बन्धमा बुझ्दा उक्त कारमा सवार मृतक रियासमेत ३ जनालाई लिएर काठमाडौतर्फ जाने क्रममा दुर्घटना भएको भन्ने आइतबार विहान प्रहरीको नियन्त्रणमा आएका चालक रञ्जित कार्कीले प्रारम्भिक सोधपुछको क्रममा बताएको प्रहरीले जनाएको छ। घटनास्थलमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका १ लोकन्थी बस्ने वर्ष २६ का रञ्जित कार्की र भक्तपुरको सूर्यविनायक नगरपालिका ४ गाम्चा बस्ने वर्ष २७ का सुदप थापाको अवस्था सामान्य रहेको छ।
यस्तै, भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ५ राधेराधे बस्ने वर्ष २६ का विजय देउजालाई सामान्य चोटपटक लागेको परिसरका सूचना अधिकृत दीपक गिरीले बताए। घटनाबारे थप अनुसन्धान जारी रहेको उनले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ मंसिर २०७७, ११ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु, २ जना घाइते
पर्वतमा जीप दुर्घटना, एकको मृत्यु, दुईजना घाइते
मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु
चितवनमा बस र माइक्रो ठोक्किँदा ७ जनाको मृत्यु, १८ जना घाइते
पाल्पामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु
मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हबल्दारको मृत्यु