काठमाडौं । पंजाबी गायक तथा अभिनेता दिलजीत दोसांझले दिल्लीमा आन्दोलनरत किसानलाई चिसोबाट जोगाउनका लागि एक करोड दान दिएका छन् । यो पैसाले किसानका लागि न्यानो कपडा प्रदान गरिनेछ ।
चिसो मौसममा पंजाबका किसान र वृद्धवृद्धा सिंघू बोर्डरमा बसेर धर्ना दिइरहेका छन् । यस्तोमा दिलजीतले चिसो मौसमलाई ध्यानमा राखेर यस्तो कदम उठाएका हुन् । यसबारे पंजाबी गायक सिंघाले भिडियो सन्देश दिएर जानकारी दिएका छन् । साथै, दिलजीतलाई उनको योगदानका लागि धन्यवाद पनि दिएका छन् ।
कंगनासँग ट्वीटरमा भिडेका थिए दिलजीतः
स्मरण रहोस्, दिलजीत दोसांझ आजकाल कंगना रनौतसँग आफ्नो ट्वीटर वारका लागि चर्चामा छन् । यो वार त्यतिबेला सुरु भयो जब कंगनाले किसान आन्दोलनमा आएकी एक वृद्धालाई शाहिन बाग आन्दोलनमा भाग लिएकी हजुरआमा भनिन् र उनलाई कुनै पनि आन्दोलनमा सय रुपैयाँमा उपलब्ध बताइन् । दिलजीतलाई सो कुरा चित्त बुझेन र उनले महिलाको वास्तविक पहिचानको खुलासा गर्दै कंगनालाई कटाक्ष गरे जसले विवादको श्रृङ्खला नै बनायो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २१ मंसिर २०७७, १० : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
किसानलाई राहत : साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै
किसानले धानको बिउसमेत जोगाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण
भोजपुरका किसान चैतेधान रोप्नमा व्यस्त
सुनसरीका किसानलाई चैते धान रोपाइँ गर्न भ्याइनभ्याइ
वन्यजन्तुबाट प्रभावित किसानलाई राहत वितरण
सप्तरीका किसान चैते धान रोप्न व्यस्त