काठमाडौं । पंजाबी गायक तथा अभिनेता दिलजीत दोसांझले दिल्लीमा आन्दोलनरत किसानलाई चिसोबाट जोगाउनका लागि एक करोड दान दिएका छन् । यो पैसाले किसानका लागि न्यानो कपडा प्रदान गरिनेछ ।
चिसो मौसममा पंजाबका किसान र वृद्धवृद्धा सिंघू बोर्डरमा बसेर धर्ना दिइरहेका छन् । यस्तोमा दिलजीतले चिसो मौसमलाई ध्यानमा राखेर यस्तो कदम उठाएका हुन् । यसबारे पंजाबी गायक सिंघाले भिडियो सन्देश दिएर जानकारी दिएका छन् । साथै, दिलजीतलाई उनको योगदानका लागि धन्यवाद पनि दिएका छन् ।
कंगनासँग ट्वीटरमा भिडेका थिए दिलजीतः
स्मरण रहोस्, दिलजीत दोसांझ आजकाल कंगना रनौतसँग आफ्नो ट्वीटर वारका लागि चर्चामा छन् । यो वार त्यतिबेला सुरु भयो जब कंगनाले किसान आन्दोलनमा आएकी एक वृद्धालाई शाहिन बाग आन्दोलनमा भाग लिएकी हजुरआमा भनिन् र उनलाई कुनै पनि आन्दोलनमा सय रुपैयाँमा उपलब्ध बताइन् । दिलजीतलाई सो कुरा चित्त बुझेन र उनले महिलाको वास्तविक पहिचानको खुलासा गर्दै कंगनालाई कटाक्ष गरे जसले विवादको श्रृङ्खला नै बनायो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २१ मंसिर २०७७, १० : ४४
लेखकबाट थप