दियायल । डोटीमा भएको जिप दुर्घटनामा परि मृत्यु हुनेको संख्या ४ पुगेको छ । बोगटान फुड्सिल गाउँपालिका–७ चवराचौतारामा जिप दुर्घटना भएको हो । उपचार गर्न लैजाँदै गर्दा अर्का एक बालकको पनि मृत्यु भएपछि मृतकको संख्या चार पुगेको हो । यसअघि तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
दिपायलबाट चवराचौताराका लागि हिँडेको म १ च ५५० नम्बरको महिन्द्रा जिप दुर्घटना हुँदा बोगटान फुड्सिल गाउँपालिका–७ चवराचौताराका वडा सचिव (नायब सुब्बा) वर्ष २८ की मञ्जु त्रिपाठी, उनकी सासू आमा र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनामा कार्यरत केआईसिंह गाउँपालिका–४ चनेकेसैनका कृषि प्राविधिक हरिनारायण भट्टको घटनास्थलमै मृत्यु भएको छ।
मृतक मन्जु त्रिपाठीका चार वर्षीय छोराको उपचारका लागि दिपायल लैजाने क्रममा बाटोमा नै मृत्यु भएपछि दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए । दुर्घटनामा टिकाराम गिरी, उनकी श्रीमती खेमा गिरी, खत्याडी माध्यामिक विद्यालयका शिक्षक हेमन्त भट्ट र जिप चालक कैलाश बम घाइते भएका छन् । जिप सडकबाट करिब दुई सय मिटर तल खसेको छ ।
घाइतेहरूलाई उपचार गर्न दिपायल पठाइएको घटनास्थलमा उद्धारमा खटिएका बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले जानकारी दिए । जिप गए राति दुर्घटना भएको स्थानीयले जानकारी दिएका छन् । यसअघि गत शुक्रबार राति हुम्लामा बोलेरो जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ मंसिर २०७७, ०८ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतमा गाडी दुर्घटना : ४ नेपालीको मृत्यु, २ जना घाइते
पोर्चुगलमा रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु, १८ घाइते
सवारी दुर्घटनामा एक युवकको मृत्यु, दुई घाइते
गोरखा बस दुर्घटना अपडेट : २१ जना घाइते
डडेल्धुरामा जिप दुर्घटना, ४ जनाको मृत्यु
विराटनगरमा साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु