हुम्ला । हुम्लामा जिप दुर्घटना हुँदा चारजनाको घटनास्थलमै मृत्यु भएको छ । हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयाको जबुका नजिकै शुक्रबार राति लु २ च २१०२ नम्बरको बलेरो जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको हो ।
कर्णाली करिडोरको सिमकोट–हेक्पा खोला खण्डमा पर्ने उक्त कच्ची सडकमा दुर्घटना भएको हो । दुर्घटनामा एक बालकसहित सातजना घाइते भएका छन् । सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको जिप बिरामी बोकेर सिमकोट फिर्ता हुने क्रममा दुर्घटना भएको भएका प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी एक महिलासहित चारको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सिमकोट गाउँपालिका–७ का ३० वर्षीय पर्वत सुनार, वडा नम्बर २ का २९ वर्षीय पारस बोहरा, नाम्खा गाउँपालिका–१ हेप्का गाउँका ४५ वर्षीया दुःखी तामाङ र ४८ वर्षीय गुरु तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घाइतेको हुम्ला जिल्ला अस्पतालमा उपचार भइरहेको छ । जिप दुर्घटना भएको खबर पाएलगत्तै घटनास्थल पुगेका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले उद्धार गरेका थिए । राति भएकाले उद्धारमा केही समस्या भएको घटनास्थल पुगेका सशस्त्र प्रहरी बल हुम्लाका प्रमुख डिएसपी मोहन विष्टले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० मंसिर २०७७, ०९ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दाउन्नेमा तीनवटा सवारी साधन एक आपसमा ठोकिँदा तीन जनाको मृत्यु, १५ घाइते
दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
रसुवामा कन्टेनर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते
ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
रुपन्देहीमा मोटरसाइकल दुर्घटना, एक युवाको मृत्यु
पर्वतमा बोलेरो जिप दुर्घटनामा चालकको मृत्यु