हुम्लामा जिप दुर्घटना, चारजनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, २० मंसिर २०७७, ०९ : ०८
हुम्लामा जिप दुर्घटना, चारजनाको मृत्यु

सांकेतिक तस्विर

हुम्ला । हुम्लामा जिप दुर्घटना हुँदा चारजनाको घटनास्थलमै मृत्यु भएको छ । हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयाको जबुका नजिकै शुक्रबार राति लु २ च २१०२ नम्बरको बलेरो जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको हो ।

कर्णाली करिडोरको सिमकोट–हेक्पा खोला खण्डमा पर्ने उक्त कच्ची सडकमा दुर्घटना भएको हो । दुर्घटनामा एक बालकसहित सातजना घाइते भएका छन् । सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको जिप बिरामी बोकेर सिमकोट फिर्ता हुने क्रममा दुर्घटना भएको भएका प्रहरीले जनाएको छ  ।

दुर्घटनामा परी एक महिलासहित चारको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सिमकोट गाउँपालिका–७ का ३० वर्षीय पर्वत सुनार, वडा नम्बर २ का २९ वर्षीय पारस बोहरा, नाम्खा गाउँपालिका–१ हेप्का गाउँका ४५ वर्षीया दुःखी तामाङ र ४८ वर्षीय गुरु तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

घाइतेको हुम्ला जिल्ला अस्पतालमा उपचार भइरहेको छ । जिप दुर्घटना भएको खबर पाएलगत्तै घटनास्थल पुगेका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले उद्धार गरेका थिए । राति भएकाले उद्धारमा केही समस्या भएको घटनास्थल पुगेका सशस्त्र प्रहरी बल हुम्लाका प्रमुख डिएसपी मोहन विष्टले बताए ।