काठमाडौँ । लिखित रूपमा आरोपप्रत्यारोपमा उत्रेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षमध्ये केपी शर्मा ओली मंगलबारको सचिवालय बैठकभरि निकै दबाबमा परे। आजको नागरिक दैनिक लेख्छ–सचिवलाय बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल गर्ने कि नगर्ने भन्ने विषयमा विवाद हुँदा ओलीमाथि दबाब सिर्जना भएको हो।
बैठकको सुरुमै ओलीले कात्तिक २८ गते दाहालले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल हुन नसक्ने, त्यसलाई फिर्ता गरेर माफी माग्नुपर्ने र अहिल्यै बैठक बस्नुको औचित्य नभएको बताएपछि एकछिन तनाव उत्पन्न भएको थियो।
‘बैठकमा प्रस्तुत भएको प्रतिवेदनमाथि छलफल गर्न नपाइने भए किन बैठक बस्नु रु बैठकको अर्थ के हो रु’ भनेर कड्किँदै दाहालले प्रश्न गरेपछि ओलीले २८ गतेको प्रतिवेदन राजनीतिक नभई व्यक्तिगत आरोपपत्र भएको र त्यसमा धेरैजसो शब्द तथा लाञ्छना हेर्दा फौजदारी कानुन आकर्षित हुने देखिएकाले त्यसमा छलफल हुन नसक्ने बताएका थिए। तर दाहालले छलफल हुनैपर्ने अडान राखेपछि उनीहरूबीच भनाभन नै भएको थियो।
‘उहाँहरूबीच निकै वादविवाद भयो त्यसपछि वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल तथा वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेलले जेजे आरोप भए पनि तिनका बारेमा छलफल गर्ने थलो सचिवालय बैठक नै भएको बताएपछि ओलीले दाहाललाई बोल्न दिएका थिए,’ बैठकपछि सचिवालयका एक सदस्यले भने।
सुरुमै ओलीले ‘तपाईंहरू यहाँ झगडा गर्न आउनुभएको हो कि सहमतिसहित बैठक गर्न आउनुभएको हो रु आजको एजेन्डा के हो रु भनेर दाहाललाई प्रश्न गरेका थिए। ‘बाटो विग्रहको हिँड्ने, कुरा सहमतिको गर्ने रु बाटो विग्रहको हो कि सहमतिको हो, क्लियर हुनुप–यो,’ ओलीले भनेका थिए। जवाफमा दाहालले आफूहरूसँग धैर्य र संयम रहेको भन्दै धेरै उत्तेजित नबनाउन सुझाएका थिए।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १७ मंसिर २०७७, ०७ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुन ‘प्रचण्ड’को आह्वान
सबै वामपन्थीहरूलाई एउटै झण्डामुनि एकताबद्ध हुन प्रचण्डको अपिल
‘परिस्थितिलाई सम्हाल्न निर्वाचनको विकल्प छैन’: ’प्रचण्ड’
परिवर्तन पक्षधर शक्तिबीच सहकार्यको भावना सुदृढ गर्नुपर्छ : प्रचण्ड
अन्तरिम सरकार कामभन्दा चुनाव गराउन केन्द्रित होस् : प्रचण्ड
‘प्रचण्ड’को सचिवालयले भन्यो : ‘पार्टी एकताबारे टुंगो लागिसकेको छैन’