काठमाडौँ । तत्कालीन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचन्ड प्रधानमन्त्री हुँदा गरिएको नवीनतम जनहितकारी योजना वर्तमान अर्थमन्त्री विष्णु पौडेलले कार्यान्वयन गरेका छन् । देशभर एकैदिन ३ सय ९ वटा अस्पताल शिलान्यास भएपछि प्रचण्डको चार वर्षअघिको योजना कार्यान्वयन चरणमा पुगेको हो ।
स्थानीय तहसम्म आधारभूत स्वास्थ्य सेवा पुर्याउन सरकारले ३ सय ९६ स्थानीय तहमा अस्पताल बनाउनका लागि ५७ अर्ब ९७ करोड बजेटको स्रोत सुनिश्चित गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार जग्गा प्राप्ति भइसकेका स्थानहरुमा अस्पतालको शिलान्यास गरिएको हो । बाँकी स्थानीय तहमा मंसिरभित्र शिलान्यास गरिने छ ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक स्थानीय तह एक अस्पताल बनाउन योजनासहित स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएका थिए। बल्ल ३ वर्षपछि कार्यान्वयनमा आयो । त्यतिबेला गगन थापाले पनि साथ दिएका थिएनन्, प्रचण्डको लोकप्रियता बढ्छ भनेर अहिले गगन थापाले आफू निकटका लाई परिचालन गरेर आफ्नो योजना भनी हल्ला चलाउन थालेका छन् ।
देशभर एकसाथ यति ठूलो संख्यामा अस्पताल शिलान्यास गर्नु स्वास्थ्य पूर्वाधार निर्माणमा ठूलो फड्को हो । सरकारले यसलाई स्वास्थ्य क्षेत्रमा ‘क्रान्ति’ भनेको छ । ‘स्वास्थ्य क्रान्ति नै हो कि होइन, त्यो त भन्न सक्दिनँ, तर जनस्वास्थ्यको हिसाबले यो ठूलो उपलब्धी हो’ जनस्वास्थ्यका जानकार डा। बाबुराम मरासिनी भन्छन्, ‘अस्पताल टाढा भएर बिरामी छटपटिने अवस्थाको अन्त्य गर्नुपर्दछ ।’
अस्पताल निर्माणको ठेक्का बाँकी
ललितपुरको गोदवारी नगरपालिकामा बन्न लागेको बज्रबाराही चापागाउँ अस्पतालको भवन शिलन्यास गर्दै अर्थमन्त्री पौडेलले स्वास्थ्यसँग बाँच्न पाउनुपर्ने संविधानको मौलिक हक अनुसार स्थानीय तहमा सुविधा सम्पन्न पूर्वाधार, डाक्टर, स्वास्थ्यकर्मी स्वास्थ्य उपकरण उपलब्ध गराउन उद्देश्यले अभियान सञ्चालन गरिएको बताए ।
पालिकाहरूमा बन्ने आधारभूत अस्पतालका लागि ५७ अर्ब ९५ करोड ११ लाख रुपैयाँ विनियोजन गरिएको उनले जानकारी दिए । १८ करोड रुपैयाँको सीमामा रहेर १५ शैयाको अस्पताल निर्माण गर्न सकिने भन्दै उनले पूर्वनिर्धारित समय दुई वर्ष अघि नै निर्माण कार्य सम्पन्न गर्ने गरी काम गर्न आग्रह गरे । सोमबार शिलान्यास भएका अधिकांश अस्पताल निर्माणको ठेक्का नै लाग्न बाँकी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ मंसिर २०७७, १२ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘हाम्रो पार्टी देशकै एक नम्बर बन्न कसैले रोक्न सक्दैन’: प्रचण्ड
ओली र प्रचण्डसँग बार्गेनिङ गदैं झलनाथ
बृहत् वाम एकताबाट समाजवादी क्रान्तिको वातावरण बन्दै छ: प्रचण्ड
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड
माओवादी-समाजवादीसहित आठ दलले गरे एकताको सहमति,१८ बुँदे सहमतिपत्रमा के छ ?
खाेटाङका माओवादी सांसद पासाङको आरोप– “सुदन किराँती भ्रष्ट छन्”