रौतहटमा चक्कु प्रहार गरि एक युवकको हत्या

सफल खबर संवाददाता

मंगलबार, १६ मंसिर २०७७, १० : ३२
रौतहटमा चक्कु प्रहार गरि एक युवकको हत्या

पर्सा । रौतहटमा चक्कु प्रहार गरी एक जनाको हत्या भएको छ। मृत्यु हुनेमा रौतहटवृन्दावन नगरपालिका ३ वस्ने १८ वर्षका नन्दकिशोर राम रहेका छन् । दुई पक्षको झगडामा एक पक्ष लिएर भनाभन गर्दा उनी माथि चक्कु प्रहार गरिएको थियो ।

उनको उपचारको क्रममा गए राति मृत्यु भएको छ । सोमबार राति पौने ९ बजेसोही स्थानका १९ वर्षका रवि रामले आफ्नो काकी ललिता देवीलाई छिमेकी लाले राम मादक पदार्थ सेवन गरी गाली गलौज गरेको भन्दै झगडा भएको थियो।

सोही झगडामा रामको पक्ष लिएर नन्दकिशोरले पनि बीचमा भनाभन गरेका थिए । झगडा शान्त भएपछि रविले केही बेरमा भान्छाको चक्कुले नन्दकिशोरको पेटमा प्रहार गर्दा नन्दकिशोर गम्भीर घाइते भएका थिए । घाइते भएका उनको उपचारको लागि एपोलो अस्पताल चन्द्रपुरमा लगिएकोमा राति नै साढे ९ बजे मृत्यु भएको थियोे । उनलाई प्रहरीले पक्राउ गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस