विराटनगर । सप्तरीबाट बिरामी लिएर आएको एम्बुलेन्स सडकमा रोकिराखेको ट्रकमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिकास्थित कोशी राजमार्गमा सप्तरीको तिलाठीबाट बिरामी लिएर आएको एम्बुलेन्स राति आज सोमबार बिहान सडकमा रोकिराखेको ट्रकमा ठोक्किँदा दुर्घटनामा भएको हो ।
एम्बुलेन्समा सवार बिरामी तिलाठी कोइलाडीका ६५ वर्षीय नुनुलाल मण्डलको उपचारको क्रममा नोबेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मोरङ प्रहरी प्रमुख सन्तोष खड्काका अनुसार सप्तरीबाट विरामी लिएर आएको स १ च १९२२ नम्बर एम्बुलेन्स एनएल ०१ एल ०३३६ नम्बरको भारतीय ट्रकमा ठोक्किन पुगेको थियो ।
घटनामा बिरामी लिएर आएका आफन्त रामसुन्दर मण्डल, भोलीदेवी मण्डल र जितेन्द्र मण्डल घाइते भएका छन् । उनीहरुको पनि नोबेल अस्पतालमा उपचार भइरहेको छ । ट्रक र एम्बुलेन्सका चालक दुवै बेपत्ता भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ मंसिर २०७७, १० : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुल्मीमा गाडी दुर्घटना : एक जनाको मृत्यु, ३ जना घाइते
कर्णाली नदीमा यात्रुवाहक माइक्रो गाडी खस्यो, उद्धार कार्य जारी
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते