दुर्घटनामा परेको हेलिकोप्टरमा सवार यात्रीको नाम खुल्यो

सफल खबर संवाददाता

आइतबार, १४ मंसिर २०७७, १६ : ५७
दुर्घटनामा परेको हेलिकोप्टरमा सवार यात्रीको नाम खुल्यो

काठमाडौं । दुर्घटनामा परेको हेलिकोप्टरमा सवार यात्रीहरुको नाम खुलेको छ । बागलुङबाट काठमाडौंको लागि छुटेको हेलिकप्टर दुर्घटनामा परेको थियो । हेलिकोप्टरमा सवार यात्रीमध्ये एक जना सामान्य घाइते भएका छन् ।  

दुर्घटनामा परेको हेलिकोप्टरमा बागलुङ गलकोट ३ का वडाध्यक्ष वीरजंग भण्डारी, गलकोट नगरपालिका वडा नम्बर ३ का सुरेन्द्र श्रेष्ठ, सरोज मल्ल, गीता मल्ल, अमृत खत्री रहेका थिए। दुर्घटनामा परी वडाध्यक्ष भण्डारी सामान्य घाइते भएका छन्। अन्य सबै सकुशल रहेका छन् । उनको हात र खुट्टामा चोट लागेको छ।

कैलाश एयरको हेलिकोप्टरमा चिल ठोक्किएपछि दुर्घटनामा परेको हो। हेलिकोप्टरलाई नुवाकोटमा अवतरण गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस