काठमाडौँ । नुवाकोटको बाढीमा फसेका २ जनाको सकुशल उद्धार भएको छ । झन्डै ३ घण्टा पछि नेपाली सेनाको हेलिकप्टरले सकुशल उद्धार गरेको छ ।
आकस्मिक आएको बाढीका कारण नुवाकोटको विदुर नगरपालिका–९ इन्द्रेणीघाटस्थित त्रिशूली नदीमा दुईजना फसेका थिए ।
बाढीमा फसेकाहरू सिसौको रुखको आड लिएर बसिरहेको अवस्थामा हेलिकोप्टरबाट उद्धार गरिएको हो ।
हाल त्रिशूली नदीले सतर्कता तह पार गरेको छ । असार २४ गते बिहान ६:३० बजे नुवाकोटस्थित बेत्रावती जलमापन केन्द्रमा त्रिशूली नदी जलसतह सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ असार २०८२, ०८ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकी आकाशमा उडिरहेको अवस्थामा विमान र हेलिकोप्टर आपसमा ठोक्किए
नक्खु खोलामा फसेका मानिसहरूको हेलिकोप्टरबाट उद्धार