विराटनगर । कोरोना संक्रमित भएर होम आइसोलेशनमा रहेका एक वृद्धको मृत्यु भएको छ । विराटनगर महानगरपालिकाका अनुसार महानगरपालिका वडा नं ९ मा ७८ वर्षीय वृद्धको आइतबार बिहान मृत्यु भएको हो।
उनलाई ज्वरो आउने तथा श्वासप्रश्वासमा समस्या देखिएको थियो। त्यसपछि पीसीआर परीक्षण गराउँदा शनिबार पोजिटिभ रिपोर्ट आएको महानगर स्वास्थ्य महाशाखाले जनाएको छ । रिपोर्ट पोजेटिभ आएपछि उनलाई उनलाई होम आइसोलेशनमै राखिएको थियो ।
आइतबार बिहान उनलाई स्वास्थ्यमा समस्या आएपछि परिवारले अस्पताल लैजाने तयारी गर्दैगर्दा करिब ८ बजे उनको मृत्यु भएको महानगरले जनाएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ मंसिर २०७७, ११ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु