नेकपा बैठक सकियो, प्रचण्डको जवाफमा ओलीले ल्याए छुट्टै प्रस्ताव, अध्ययनपछि १६ गतेलाई तोकियो अर्को बैठक

सफल खबर संवाददाता

शनिबार, १३ मंसिर २०७७, १५ : १७
नेकपा बैठक सकियो, प्रचण्डको जवाफमा ओलीले ल्याए छुट्टै प्रस्ताव, अध्ययनपछि १६ गतेलाई तोकियो अर्को बैठक

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले छुटै प्रस्ताव ल्याएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले यसअघि कार्यकारी अधयक्ष प्रचण्डले ल्याएको प्रस्तावलाई जवाफ दिनेगरी छुट्टै प्रस्ताव ल्याएका छन् । 

अब दुबै प्रतिवेदनमाथि छलफल हुने प्रवक्ता श्रेष्ठले बताए । दुबै प्रतिवेदन अध्ययन गरेर आगामी मंसिर १६ गतेका लागि अर्को बैठक तय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । अर्को बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्नेछ । आजको बैठकमा ओली, प्रचण्डसहित सचिवालयका ४ नेताले आफ्नो धारणा राखेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस