‘गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखाउ’ : डा. बाबुराम भट्टराई

सफल खबर संवाददाता

शनिबार, १३ मंसिर २०७७, ०९ : ०९
‘गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखाउ’ : डा. बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखान आग्रह गरेका छन् ।

केही दिनयता देशका विभिन्न सहरमा गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताका विरुद्धमा प्रदर्शन हुन थालेपछि शनिबार विहान सामाजिक संजालबाट युवासँग यस्तो आग्रह गरेका हुन् ।

‘युवासंग आग्रह गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखाऊॅ अहिलेको आधा गिलास उपलब्धीलाई जोगाएर बॉकीगिलास भरौं । नकि रिसको झोकमा आधा भरिएको गिलास घोप्टाएर पूरै गिलास खाली होस्,’ भट्टराईको ट्वीटरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस