छोरीलाई अश्लील फोटो तथा भिडियो देखाई बाबुले गरे बलात्कार

सफल खबर संवाददाता

शुक्रबार, १२ मंसिर २०७७, ०८ : १५
छोरीलाई अश्लील फोटो तथा भिडियो देखाई बाबुले गरे बलात्कार

पोखरा । पोखरामा आफ्नै छोरीलाई जर्बजस्ती करणी गरेको अभियोगमा बुबा पक्राउ परेका छन् । ३९ वर्षीय पुरुषले आफ्नै १३ बर्षे छोरीलाई बिगत केही बर्ष अगाडीदेखि अनेकौं बहाना बनाई जबरजस्ती करणी गर्दै आएको खुलेपछि उनलाई गिरफ्तार गरिएको हो ।

पछिल्लो समय गत ६ गते एउटा होटलमा लगी जवरजस्ती अश्लिल फोटो तथा भिडियो देखाई जबरजस्ती करणी गरेको भन्ने जाहेरीको आधारमा पक्राउ गरी उनलाई जिल्ला अदालतबाट ७ दिन म्याद थप गरि अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी सुवास हमालले जानकारी दिए ।