पटक पटक छोरी बलात्कार गर्ने बाबुलाई ३७ वर्ष जेल सजाय

सफल खबर संवाददाता

विहीबार, ११ मंसिर २०७७, १० : ३९
पटक पटक छोरी बलात्कार गर्ने बाबुलाई ३७ वर्ष जेल सजाय

हेटौंडा । आफ्नै छोरीलाई पटक पटक बलात्कार गर्ने बाबुलाई जिल्ला अदालत मकवानपुरले ३७ वर्ष जेल सजायको फैसला गरेको छ  ।

न्यायाधीश सीता शर्मा अधिकारीको मंगलबारको एकल इजलासले १४ वर्षीया छोरीलाई पटक–पटक बलात्कार गरेको ठहर गर्दै ४२ वर्षीय बाबुलाई जबर्जस्ती करणीतर्फ १२ वर्ष र हाडनाता करणीतर्फ जन्मकैदको सजाय सुनाएको हो ।

श्रीमतीले आत्महत्या गरेपछि बाबुले छोरीलाई २०७३ साल देखि पटक पटक बलात्कार गर्दै आएका थिए । घटनाबारे छिमेकीहरूले थाहा पाएपछि प्रहरीमा खबर गरेका थिए । प्रहरीले गत चैत ३० मा उनलाई पक्राउ गरेको थियो ।