बैंकका सुरक्षा गार्डलाई खुकुरी हानेर भाग्ने पक्राउ

सफल खबर संवाददाता

बुधबार, १० मंसिर २०७७, १४ : ५७
बैंकका सुरक्षा गार्डलाई खुकुरी हानेर भाग्ने पक्राउ

काठमाडौं । गत असोज २९ गते ग्लोबल आईएमई बैंकका सुरक्षा गार्डलाई खुकुरी प्रहार गरेर भागेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका थापागाउँ बस्ने ३१ वर्षीय शशि थापाले राजधानीको नयाँ बानेश्वरस्थित रहेको ग्लोबल आईएमई बैंकका सुरक्षा गार्ड रुद्र बहादुर गुरुङलाई खुकुरी प्रहार गरेर फरार भएका थिए

महानगरीय प्रहरी बृत्त बानेश्वरबाट खटिएको टोलीले उनलाई बुधबार पक्राउ गरेको हो । 

बैंकमा रकम झिक्न गएका थापाले सुरक्षा गार्डलाई एकाएक खुकुरी प्रहार गर्दा सुरक्षा गार्ड गम्भीर भएका थिए भने त्यसलगत्तै उनी फरार भएका थिए । 

 थापामाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी प्रमेश विष्टले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस