महोत्तरी । बालिकाको हत्यारालाई कडा कारबाही तथा मृतक सञ्जय न्यौपानेलाई सहिद घोषणा माग गर्दै स्थानीय प्रशासनले गरेको निषेधाज्ञाको बुधबार स्थानीयवासीले बिरोध गर्दै अवज्ञा गरेका छन् ।
अवज्ञा गर्दै बिहानैदेखि स्थानीयले प्रदर्शन जारी राखेका हुन् । महोत्तरीको बर्दिबासका ६ वर्षीया बालिका गुलाबसा खातुनको बलात्कारपछि हत्या भएको आरोपमा प्रहरी नियन्त्रणमा रहेका आरोपित अरुण कुमार साहलाई कडा कारबाही गर्दै स्थानीयले मंगलबारदेखि नै प्रदर्शन गर्दै आएका छन् ।
मंगलबार प्रहरीले चलाएको गोली लागेर प्रदर्शनकारी संजय न्यौपानको काठमाडौं स्थित अस्पतालमा उपचारको क्रमममा मृत्यु भएपछि आन्दोलन झन चर्किएको छ ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीले निषेधाज्ञा जारी गरेपनी प्रदर्शनकारीले बिहानैदेखि पूर्व–पश्चिम राजमार्ग ठप्प पार्दै प्रदर्शन गर्दै आएका छन् भने दर्जनौ सवारी साधन समेत तोडफोड गरेका छन् । नारावाजी गर्दै प्रदर्शनकारीले राजमार्गमा टायर बालेर बाटो अवरुद्ध गरेका छन् ।
उनीहरूले बालिकाको हत्यारालाई कडा कारबाही गर्नुपर्ने, प्रहरी दमन अन्त्य गर्नुपर्ने, गोली चलाउने प्रहरी र गोली चलाउन आदेश दिनेलाई तुरुन्त निलम्बन गरी कारबाही गर्नुपर्ने लगायतका माग समेत राखेका छन् ।
त्यस्तै उपचारको क्रममा मृत्यु भएका न्यौपानेलाई सहिद घोषणा गरी पीडित परिवारलाई क्षतिपूर्तिसमेत दिन माग स्थानीयस्तरमा आज बसेको सर्वपक्षीय बैठकबाट गरेका छन् ।
बर्दिबास सेवा समितिले आयोजना गरेको सर्वपक्षिय बैठकले मृतक न्यौपानेलाई सहिद घोषणा गर्नुपर्ने, आन्दोलनका घाइतेलाई उपचार तथा क्षतिपुर्ती दिनु पर्ने, आन्दोलनमा गोली चलाउन निर्देशन दिनेलाई तुरुन्त निलम्ब र बर्खास्त गर्नु पर्ने, बालिकाको हत्यारालाई कडा कारवाही हुनु पर्ने सर्वपक्षीय बैठकबाट निर्णय गरिएको छ ।
माग पूरा गराउनका लागि नेपाली कांग्रेसका नेता चिरञ्जिवी हमालको संयोजकत्वामा ११ सदस्यीय बार्ता टोली गठन गरिएको छ । सो वार्ता टोलिले सरकारसँग छलफ गर्ने र माग पूरा गराउनका लागि सडकबाट दवाव सृजना गर्ने जनाइएको छ ।
बर्दिबास नगरपालिका वडा नम्बर १४ स्थित शुभम् बस्तीमा बस्ने सहिद आलमकी ६ वर्षीया छोरी गुलाबसा खातुनको बलात्कार पछि हत्या गरिएको अनुमान छ ।
घटनाको विरोधमा मंगलबार दिउँसो गरिएको प्रदर्शनबाट प्रहरीमाथि ढुङ्गामुडा गर्दा प्रहरीले प्रदर्शनकारीको भिडलाई नियन्त्रण लिन गोलि चलाएको थियो । गोली लागेर ३ जना घाइते भएका थिए भने सोमध्ये बर्दिबास नगरपालिका वडा नम्बर १ बस्ने सञ्जय भनिने बुद्धिराज न्यौपानेको उपचारका क्रममा ग्राण्डि होस्पिटलमा मंगलबार राति मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० मंसिर २०७७, १३ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
किशोरी छात्रालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ
सुत्केरी महिलामाथि बलात्कार, एक जना पक्राउ
महिलालाई बलात्कार गरेको आरोपमा रास्वपाका नेता पक्राउ
१३ वर्षीय किशोरीमाथि बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ
किशोरीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ
भारतीय क्रिकेटर यश दयालविरुद्ध बलात्कार आरोप