रौतहट । रक्सी सेवन गरेका दुई व्यक्ति बिच आपसमा विवाद भई कुटाकुट हुँदा एकजनाको मृत्यु भएको छ । सोमबार राति रौतहटमा घटेको यो घटनामा एक व्यक्तिले अर्को व्यक्तिलाई धकेल्दा उपचारको क्रममा एकजनाको मृत्यु भएको हो । दुवैजना छिमेकी हुन् ।
वृन्दावन नगरपालिका –७ सखुवा धमौराका १९ वर्षका विकास पासवानले रक्सी सेवन गरेर कुटपिट गरि धकेल्दा छिमेकी ५० वर्षका अमिरि पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ ।
राति रक्सी सेवन गरेर घर जाने क्रममा विकासले अमिरिलाई गालीगलौज गर्दा झगडा भएको थियो । झगडाको क्रममा विकासले कुटपिट गरि धकेल्दा अमिरिको टाउकोमा चोट लागेको थियो ।
उनको उपचारको क्रममा राति नै गरुडा स्थित सिटी अस्पतालमा मृत्यु भएको रौतहटका प्रहरीले जनाएको छ । कुटपिटमा संलग्न विकास पासवान र बिन्द पासवानलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ मंसिर २०७७, १० : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु