काठमाडौं । कक्षा १२ को परीक्षा आजबाट शुरु हुँदै छ । देशभरका ४ लाख ३२ हजार ५ सय विद्यार्थी सहभागी हुने परीक्षा साढे १ घण्टाको हुनेछ । ४ हजार १ सय ५ विद्यालयमा हुने परीक्षामा पूर्णरुपमा स्वास्थ्य मापदण्ड अपनाइएको छ । कोभिड–१९ कारण वैशाखमा रोकिएको परीक्षा आजदेखि सुरु भएको हो।
परीक्षामा सामेल हुने विद्यार्थीको ज्वरो अनिवार्यरुपमा परीक्षण गर्नुपर्नेछ । मास्क अनिवार्य लगाउनुपर्ने व्यवस्था गरेको छ । करिब डेढ घण्टाको परीक्षा आफ्नै विद्यालयमा दिन पाउनेछन् अर्थात् बोर्डले होम सेन्टरको व्यवस्था गरेको छ ।
बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले एउटा कोठामा दुई मिटरको दूरी हुने गरी २० जनासम्म मात्र राख्न पाइने व्यवस्था भएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ मंसिर २०७७, ०८ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कक्षा १२ को परीक्षामा ७३ वर्षीया छात्राको सहभागिता
हिरासतबाटै ६ अभियुक्तले दिए कक्षा १२ को परीक्षा
कक्षा १२ को परीक्षा आजदेखि, पाँच लाख बढी परीक्षार्थी सहभागी
कक्षा १२ को परीक्षा निर्धारित समयमा हुन्छ : बोर्ड
परीक्षा बोर्डले भन्यो- एसईई २०८२ को रजिस्ट्रेसन फारम भर्नुस्
कक्षा १२ को परीक्षा सर्यो