बंगलादेशबाट मल ल्याउने सम्भावना कम

पत्रपत्रिकाबाट

मंगलबार, ०९ मंसिर २०७७, ०८ : ०६
बंगलादेशबाट मल ल्याउने सम्भावना कम

काठमाडौं । बंगलादेशबाट जीटुजी (सरकार–सरकार) प्रक्रियाबाट ५० हजार टन रासायनिक मल ल्याउने सम्भावना पनि कम हुँदै गएको छ । पैंचोमा ल्याउने भनिए पनि सफल नभएपछि गत कात्तिक २४ गते मन्त्रिपरिषद् बैठकले जीटुजीमार्फत मल ल्याउने निर्णय गरेको थियो । 

मन्त्रिपरिषद्को निर्णय नै अस्पष्ट हुनुका साथै त्यसपछिका प्रक्रिया नै अघि नबढेपछि बंगलादेशबाट मल आउने सम्भावना पनि टर्दै गएको हो । ‘पैंचोमा सम्भव नभएपछि जीटुजी मार्फत भनियो । तर मन्त्रिपरिषद्को पत्रमा जीटुजीमा जान स्पष्ट भनिएन ।

पत्र जीटुजी अथवा प्रतिस्पर्धाबाट भन्ने खालको आयो,’ मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले भने, ‘मल नआउनै नै अवस्था त भइसकेको छैन । तर जीटुजीमा जाने कि नजाने भन्ने विषयमा छलफलमै छौं । टुंगिएको छैन ।’ धानबालीकै मुखमा मल अभाव भएपछि कृषि मन्त्रालयले बंगलादेशबाट पैंचोमा ल्याउने जनाएको थियो । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस