रासायनिक मल भित्रिन थाल्यो

पत्रपत्रिकाबाट

विहीबार, १९ भदौ २०८२, ०८ : १५
रासायनिक मल भित्रिन थाल्यो

काठमाडौ । धान बालीको सिजन सकिन थालेपछि बजारमा रासायनिक मल भित्रिन थालेको छ । चालुु आर्थिक वर्ष २०८२-८३ को कोटामध्येको रासायनिक मल भित्रिन थालेको हो ।

कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट टे«डिङ कर्पाेरेसनले रासायनिक मल ल्याउन थालेका हुुन् ।कर्पाेरेसनले ११ हजार तीन सय मेट्रिक टन डिएपी रकम्पनीले तीन हजार मेट्रिक टनमध्ये दुुई हजार पाँच सय मेट्रिक टन डिएपी भित्रिइसकेको जनाएका छन् ।

भदौ दोस्रो साता बितिसकेकाले अब आउने मल धानबालीका लागि भन्दा पनि हिउँदे बालीका लागि उपयुुक्त हुुने देखिन्छ । यसपालि बजार माग अनुसार मल आयात हुुँदा किसानले धान रोप्ने बेला मलको अभाव खेपेका थिए ।

कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक विष्णुुप्रसाद पोखरेलले थप ६० हजार मेट्रिक टन युुरिया पानीजहाजमा लोडिङ भई कोलकाता आउने क्रमममा रहेको जानकारी दिए । गोरखापत्रमा खबर छ ।

 

प्रतिक्रिया दिनुहोस