ओली सरकारले ‘चोरलाई चौतारो र साधुलाई शुली’ गर्‍यो : प्रकाण्ड

सफल खबर संवाददाता

आइतबार, ०७ मंसिर २०७७, ०८ : २२
ओली सरकारले ‘चोरलाई चौतारो र साधुलाई शुली’ गर्‍यो : प्रकाण्ड

काठमाडौं ।  प्रतिबन्धित नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले पार्टीका दुई नेता पक्राउको कडा शब्दमा निन्दा गर्दै ओली सरकारको कार्यशैलीको विरोध गरेका छन् ।

शनिबार एक विज्ञप्तिमार्फ त प्रकाण्डले ओली सरकारले ‘चोरलाई चौतारो र साधुलाई शूली’ को नीति लिएको आरोप लगाउँदै सरकार र गृह प्रशासनको विरोध गरेका छन् । 

मङ्सिर ५ गते पार्टीका अर्थ विभागका अध्यक्ष तथा पार्टी ब्युरो सदस्य प्रेम दर्नाल ‘विकल्प’ र अर्थ विभाग सदस्य सञ्जीव नेपाली ‘सुवर्ण’ लाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको थियो ।

विज्ञप्तिमा पक्राउ परेका उनीहरुलाई बनासर्त रिहा गर्न माग गरिएको छ । प्रहरीले चन्दा असुलीमा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरेपनि प्रकाण्डको विज्ञप्तिमा राजनीतिक स्वतन्त्रता र मानवअधिकारमा ओली सरकारले घोर उल्लङ्घन गरेको आरोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस