स्मीताले ल्याइन् ‘मालिङ्गो’, महानायक राजेस हमालसँग अभिनय

सफल खबर संवाददाता

विहीबार, ०४ मंसिर २०७७, १६ : ३५
स्मीताले ल्याइन् ‘मालिङ्गो’, महानायक राजेस हमालसँग अभिनय

काठमाडौं । आँफैले गाएको गीतको म्युजिक भिडियोमा नेकपा अध्यक्ष पुष्पकमल दाहालकी नातिनी स्मीता दाहाल राजेश हमालको जोडी भएर देखिएकी छिन् । 

स्मीता र राजनराज शिवाकोटीको स्वर रहेको ’मालिङ्गो’ बोलको गीतको भिडियोमा पछिल्लो समयकी हिट गायिका स्मीता दाहाल राजेश हमालसँग देखिएकी हुन् ।

भिडियोले बलात्कार हुनबाट जोगिएकी किशोरीको कथालाई देखाएको छ । भिडियोमा राजेश हमाल पत्रिका पुर्याउने हकरको भूमिकामा देखिएका छन् ।   

सुनिता नेपाल सुवेदीको शब्द रहेको गीतमा राजनराज शिवाकोटीको संगीत, उदयराज पौडेलको एरेन्ज, श्यामस्वेत रसाइलीको मिक्सिङ छ भने सम्पादन भुपेन्द्र अधिकारी तथा कलर रेनिस फागोको रहेको छ । सुनिल क्षेत्रीको कथा÷कन्सेप्ट र कोरियोग्राफीमा बनेको भिडियो नवराज उप्रेतिले खिचेका हुन् भने सरोज ओलीको निर्देशनमा बनेको हो ।

 

प्रतिक्रिया दिनुहोस