काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अलमलले वाइडबडी विमान खरिद अनियमितता छानबिन अलपत्र परेको छ । अनियमितताको अंक किटान गरी संसद्को सार्वजनिक लेखा समितिले निर्देशन दिएको दुई वर्ष पुग्दासमेत अख्तियारले तथ्यांक संकलन भइरहेको जनाएको छ ।
सार्वजनिक लेखा समितिको प्रश्नको जवाफमा अख्तियारले तथ्य संकलन र त्यसको परीक्षण गर्ने काम भइरहेको जवाफ लेखेको हो । प्रमुख दलका नेताहरूबीचको संरक्षण र मिलेमतोमा भएको खरिद अनियमिततामा अख्तियारसमेत मूकदर्शक बनेको आरोप लाग्दै आएको छ ।
संसद्को सार्वजनिक लेखा समितिले गत असोज ८ गते अख्तियारलाई वाइडबडी र सेक्युरिटी प्रेस खरिद अनियमितताबारे अनुसन्धानको प्रगति विवरण पठाउन निर्देशन दिएको थियो । जवाफमा अख्तियारले लेखा समितिमा ‘अनुसन्धान भइरहेको’ जवाफ लेखेको हो । कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०४ मंसिर २०७७, ०७ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गैरकानुनी रूपमा एक करोड बढी आर्जन गर्ने नापी अधिकृतविरुद्धको मुद्दा सर्वोच्चमा पुनरावेदन
भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको संख्या तेब्बरले वृद्धि
घुससहित पक्राउ परेका अधिकृत र बिचौलियाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशकसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
रास्वपाका उम्मेदवार चौधरीसहित नौ जनालाई अख्तियारले बोलायो