काठमाडौं । दुई अध्यक्षलाई मिलाउन बालुवाटार–खुमलटार–बालुवाटार गरिरहेका नेकपा महासचिव विष्णु पौडेलले मंगलबार आफ्ना निकटस्थहरूलाई सुनाए, ‘उहाँहरू दुवै जना हतारोमा हुनुहुन्छ, परिस्थिति जटिल छ ।’
त्यसपछि महासचिवसहित बसेको प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेताहरूको बैठकले बुधबारका लागि तय भएको नेकपा सचिवालय बैठक स्थगित गर्न ओलीलाई सुझाव दियो । ओलीको चाहना पनि तत्कालका लागि बैठक रोकौं नै भन्ने हो । महासचिव पौडेल मंगलबार बिहान अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न खुमलटार पुगेका थिए ।
भेटमा उनले दाहालले गत सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रस्ताव फिर्ता गर्नुपर्ने र बुधबारका लागि तय भएको सचिवालय बैठक रोकेर दुई अध्यक्षले छलफल चलाउनुपर्ने ओलीको प्रस्ताव सुनाए । दाहालले बैठक तोकिएकै समयमा बस्ने र सबै निर्णय बैठकबाटै हुने जवाफ दिएपछि महासचिव पौडेलसहित ओलीनिकट नेताहरू परामर्शमा जुटे ।
उक्त छलफलमा ओलीनिकट नेताहरूले यही परिस्थितिमा बैठक बस्न नसकिने निचोड निकालेका छन् । स्थायी कमिटी सदस्य सुवास नेम्वाङले अध्यक्षद्वयबीच देखिएको संवादहीनताका कारण तत्काल सचिवालय बैठक बोलाउने स्थिति नभएकाले केही दिनका लागि स्थगित गर्न सुझाव दिएको जानकारी दिए । कान्तिपुरमा विस्तृतमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०३ मंसिर २०७७, ०८ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्चद्वारा खारेज
विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अदालतको अनुमति
विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ हुँदै
एमाले उपाध्यक्ष विष्णु पौडेलको रिट न्यायाधीशद्वय ढुङ्गाना र पोखरेलको इजलासमा
विष्णु पौडेललाई थप ३ दिनको म्याद थप
विष्णु पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने