चितवन । भरतपुर–९ काँडाघारीमा रहेको एपोलो पेन्ट्स उद्योगबाट ९७ लाख नगद चोरी भएको छ ।
एपोलो पेन्ट्स प्रालिको भवनको कोठा भित्र रहेको सेफ (लकर) फुटाई ९७ लाख नगद चोरी गर्ने चितवन कालिका नगरपालिका वडा नं ६ बस्ने वर्ष ४० को कविराज थापालाई चितवन प्रहरीले पक्राउ गरेको छ। सोही एपोलो पेन्ट्स कम्पनीमा सेक्युरिटी गार्डको रूपमा काम गर्ने थापाले चोरी गरेको प्रहरी जनाएको छ ।
उनले आफ्नो घर, कोठा, शौचालय र कम्पाउण्डका विभिन्न स्थानमा लुकाएर राखेको अवस्थामा उक्त रकम बरामद गरेको प्रहरीले जनाएको छ। चोरी कार्यमा संलग्न व्यक्तिलाई चितवन जिल्ला अदालतबाट पक्राउ अनुमति लिई चोरी कसुरअन्तर्गत आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० कार्तिक २०७७, १४ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल चोरीमा संलग्न एकजना ट्राफिक प्रहरीको नियन्त्रणमा
मोटरसाइकल चोरीमा संलग्न दुईजना प्रहरी नियन्त्रणमा
रुपन्देहीको एक सहकारीमा चोरी, सीसीटीभी समेत गायब
कीर्तिपुरमा नगद तथा सुनका गरगहाना चोरी
चाैतीस टन प्याज चोरी पैठारी गर्नेविरुद्ध मुद्दा दायर
टोखाबाट डेरा फोडेर करिब २ लाख बराबरको चोरी