काठमाडौँ । जिल्ला प्रशासन कार्यालय जुम्लामा तोडफोड गर्ने नौविरुद्ध सार्वजनिक मुद्दा लगाइएको छ ।
हिमा गाउँपालिका–१ जुम्ला मोफ्ला गाउँका १६ वर्षीय किशोरी बबिता रोकायको हत्यामा संलग्नलगायत शंकास्पदको अनुसन्धान गर्नुपर्ने दबाब दिँदै आएका पीडितलले आज अपरान्ह प्रशासन कार्यालयमाथि ढुंगामुढा गरेका थिए । प्रशासनमाथि तोडफोड गर्ने नौजनालाई सार्वजनिक मुद्दा लगाइएको छ ।
मुद्दा लगाइएका नौ जनासहित स्थानीयको ढुंगा प्रहारबाट प्रशासन कार्यालयको प्रजिअ कक्ष, निवास, प्रहरी बिट र मालिका मन्दिर तोडफोड हुँदा रु.आठ लाख बराबरको क्षति भएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक भरतसिंह राठौरले सार्वजनिक सम्पत्तिमाथि तोडफोड गरिएकाले सार्वजनिक अपराध अन्तर्गतको मुद्दा चलाइएको बताउनुभयो । उहाँका अनुसार घटनामा सम्लग्न चार जना नियन्त्रण लिइएको र पाँच जना फरार छन् ।
उहाँका अनुसार घाइते चार प्रहरीमा दुई सामान्य उपचारपछि घर फर्केको र दुई जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ । यता पीडितपक्षका घाइते दुई जना पनि उपचारपछि घर फर्केको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न प्रमुख अभियुक्त करबहादुर भण्डारी, अन्य घटनामा संलग्न रामचन्द्र डाँगी र उनका श्रीमतीलाई पीडितको किटानी जाहेरी अनुसार पक्राउ गरी अनुसन्धानका सबै प्रक्रिया पु¥याएर अदालतले पठाई उनीहरुको सुनुवाइ भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २९ कार्तिक २०७७, १७ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा
राजावादी प्रदर्शनमा अनुसन्धानमा परेका १०८ मध्ये ३४ जनाविरुद्ध मुद्दा नचल्ने
बागमतीका मेयर–उपमेयरको मुद्दा हेर्न नमिल्नेमा
तीनकुनेको घरमा आगो लगाउने एटीएफका कार्यकर्ताविरुद्ध कर्तव्य ज्यानको मुद्दा
एन्फाका पूर्वअध्यक्ष थापाले गरे महासचिव राईविरुद्ध मुद्दा दायर
गोदावरीमा अवैध वन उत्खनन, तीन व्यवसायीविरुद्ध मुद्दा