एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को १३औँ संस्करणको उपाधि मुम्बई इन्डियन्सले जितेको छ । मुम्बईले दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराउदैं उपाधी माथि कब्जा जमाउन सफल भएको हो । यो उपाधीसंगै मुम्बईले आईपीएलमा सबैभन्दा बढी पाँचौ पटक उपाधी हात पारेको हो ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा दिल्लीले टस जित्दै पहिलो ब्याटिङ गरेको थियो। दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५७ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको थियो। मध्यम लक्ष्य पछ्याएको मुम्बईले १८.४ ओभरमै ५ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । मुम्बईको सहज जितका लागि कप्तान तथा ओपनर रोहित शर्माले ६८ रन जोडे। त्यस्तै इशान किसनले ३३ तथा क्वीन्टन डि ककले २० रन बनाए। यसैगरी सूर्यकुमार यादवले १९ रनको योगदान गरे ।
दिल्लीका एनरिच नोट्र्जेले २ तथा कगिसो रबाडाले १ विकेट लिए। त्यस्तै मार्कस स्टोनिसले १ विकेट हात पारे। यसअघि ब्याटिङ गरेको दिल्लीका लागि कप्तान श्रेयस अयरले ६५ रन बनाएका थिए। त्यस्तै रिसभ पन्तले ५६ रन जोडेका थिए भने शिखर धवनले १५ रन जोडेका थिए। यसबाहेक अन्य ब्याटसमेनले भने दोहोरो अंकको स्कोर बनाउन सकेनन्।
दिल्लीलाई सस्तैमा रोक्न मुम्बईका ट्रेन्ट बोल्टले धारिलो बलिङ गर्दै ३ विकेट लिए। त्यस्तै नाथन कोल्टर निलले २ र जयन्त यादवले १ विकेट हात पारे। हारसँगै पहिलो पटक फाइनल पुगेको दिल्लीले भने उपविजेतामै चित्त बुझाउनु पर्यो ।
मुम्बई भने लगातार आईपीएलको उपाधि जित्ने दोस्रो टिम बनेको छ। यसअघिको १२औँ संस्करणको आईपीएल उपाधि मुम्बईले नै जितको थियो। लगातार आईपीएलको उपाधि जित्ने पहिलो टिम भने चेन्नई हो । उसले सन् २०१० र २०११ को आईपीएल उपाधि जितेको थियो।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २६ कार्तिक २०७७, ०७ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुजरातलाई हराउँदै बेंगलुरु लगातार दोस्रो पटक आईपीएल च्याम्पियन
आईपीएल फाइनलमा आज : आरसिबी र गुजरातको भिड्दै : कसले मार्ला बाजी ?
आईपीएल : शुभमन चम्किँदा गुजरात फाइनलमा, उपाधिका लागि बैंगलुरुसँग खेल्ने
आईपीएल : हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा
आईपीएलको लिग चरण समाप्त: क्वालिफायरमा आरसीबी र गुजरात भिड्ने
आईपीएलः रोमाञ्चक भिडन्तमा दिल्ली विजयी, राजस्थान पाँच विकेटले पराजित