झापा । झापाको बिर्तामोडमा कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । बिर्तामोड नगरपालिका वडा नं ४ मा ९२ वर्षीय बृद्धको सोमबार बिहान ४ बजे मृत्यु भएको हो ।
एक साताअघि ती बृद्धको घरमै स्वाब संकलन गरेर पिसिआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो । त्यस्तै बिर्तामोडकै बिएण्डसी अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुम जिल्लाका ५८ वर्षीय पुरुष रहेका छन्। उनको राति ९ः१५ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ कार्तिक २०७७, १० : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना अपडेट : एक सातामा ३५ जनामा सङ्क्रमण
टेकु अस्पतालमा ५ जनामा कोरोना संक्रमण, एक जना भर्ना
भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण