आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

सोमबार, २४ कार्तिक २०७७, ०८ : ०३
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार देशभरको मौसम सामान्यतया सफा रहने जनाएको छ । अहिले उल्लेखनीय मौसमी प्रणाली नरहेका कारण देशभरको मौसम सफा हुने देखिएको मौसमविदले बताएका छन् । 

सोमबार दिउँसो देशभर सामान्यतय सफा रहेता पनि अपरान्ह पछि पहाडी भू–भागमा आंशिक बदली रहनेछ । यस्तै राति देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने मौसमविदले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस