चितवन । चितवनमा थप एकजना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचारररत लमजुंग मध्य नेपाल २ निवासी ४७ वर्षिय पुरुषको मृत्यु भएको हो ।
खोकी, ज्वरो तथा श्वासप्रश्वासमा समस्या देखिएपछि भर्ना भएका उनमा असोज २१ गते कोभिड १९ को संक्रमण पुष्टि भएको थियो । अस्पतालका अनुसार उनको उपचारको क्रममा आज बिहान ४ बजेर ७ मिनेटमा मृत्यु भएको हो ।
कोभिड आईसियु कक्षको भेन्टिलेटरमा राखि उपचार गर्दागर्दै मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जनाएका छन् । मृतककमा रक्तअल्पत्ता लगायतका समस्या समेत रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ कार्तिक २०७७, ०९ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालमा फेरि देखियो कोरोना संक्रमण, ४२ जनामा 'केपी' भेरियन्ट पुष्टि