काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार पहाडी क्षेत्रमा आंशिक बदली रहे पनि अरु क्षेत्रको मौसम बदली हुने जनाएको छ। अहिले नेपालमा प्रभाव पर्ने उल्लेखनीय मौसमी प्रणली विकसित नभएकाले अधिकांश क्षेत्रमा मौसम सफा हुने मौसमविदले बताएका छन् ।
पहाडी क्षेत्रमा स्थानीय वायुको प्रभावका कारण आंशिक बदलीको सम्भावना देखिएको हो। अहिले पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ।
शनिबार दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। राति देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ कार्तिक २०७७, ०८ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?