विराटनगरमा थप दुईजना कोरोना संक्रमित महिलाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, २२ कार्तिक २०७७, ०७ : ५४
विराटनगरमा थप दुईजना कोरोना संक्रमित महिलाको मृत्यु

विराटनगर । विराटनगरमा उपचार गराइरहेका थप दुईजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । नोबेल शिक्षण अस्पतालमा उपचाररत मध्ये शनिबार बिहान एक जना र अर्का एक जनाको शुक्रबार राति मृत्यु भएको अस्पतालले जनाएको छ । 

झापाको शिवसताक्षी–६ की २६ वर्षीया महिलाको शनिबार बिहान ३ बजेतिर मृत्यु भएको हो। अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि महिलालाई उपचारका लागि कात्तिक १५ गते उपचारका लागि भर्ना गरिएको थियो। 

त्यस्तै सुनसरीको दुहवी–९ की ६८ वर्षीया वृद्धाको उपचारका क्रममा नोबेल अस्पतालमै शुक्रबार राति मृत्यु भएको छ। दाहालका अनुसार कोरोना पुष्टि भएपछि कात्तिक १७ गते उपचारका लागि वृद्धालाई अस्पताल भर्ना गरिएको थियो। उनको उपचारकै क्रममा राति नौ बजेतिर मृत्यु भएको हो । अस्पतालले दुवै संक्रमितमा स्वास्थ्य सम्बन्धी पुरानो समस्या भए, नभएको केही पनि खुलाईएको छैन। 

प्रतिक्रिया दिनुहोस