वासिङ्टन । अमेरिकी राष्ट्रपति तथा आगामी कार्यकालका लागि पनि राष्ट्रपतिको उम्मेदवार समेत रहनुभएका डोनाल्ड ट्रम्पले ट्वीटर नियन्त्रणभन्दा बाहिर गएको आरोप लगउनुभएको छ ।
उहाँका गरेका केही ट्वीटहरु सामाजिक सञ्जाल ट्वीटरले नदेखाएकोले उक्त सामाजिक सञ्जालमाथि उहाँ हिजोदेखि नै रुष्ट बन्नुभएको छ । उहाँले उक्त सामाजिक सञ्जाल आफ्ना विरुद्धमा गएको र नियन्त्रणभन्दा बाहिर भएको भन्दै निर्वाचन धाँधली भएको र यदि यस्तो कार्य रोक्ने हो भने आफूले निर्वाचन जित्न दाबी गर्नुभएको हो ।
उहाँले भन्नुभएको छ– यो ट्वीटर नियन्त्रणभन्दा बाहिर गएको छ र यदि मलाई प्राप्त भएका वैध मतहरु मात्र गनियो भने पनि मैले निर्वाचन सजिलै जित्नेछु ।अवैध मत गनेर आफ्ना प्रत्यासी जोन बाइडेनलाई जिताउने प्रयत्न भएको आरोप उहाँले लगाउनुभएको छ । त्यसैले उहाँले ती राज्यहरुका मतगणनाहरु रोक्नुपर्ने बताउनुभएको छ ।
उहाँले निर्वाचनमा धाँधली भएको भन्दै कतिपय ठाउँमा मतगणना रोक्न र पुनः मतगणना गर्न माग गर्नुभएको छ । यसै विवादसँग सम्बन्धित कतिपय उहाँले गरेका ट्वीटहरु ट्वीटरले नदेखिने बनाएको बताइएको छ ।
बिहीबार नै राष्ट्रपति ट्रम्पले धारणा सार्वजनिक गर्ने क्रममा हुलाकमार्फत गरिएको मतदान एकतर्फी भएको दावी गर्नुभएको थियो । उहाँले हाल मतगणना जारी रहेका राज्यमा मत गणना गर्न रोक्नुपर्ने बताउनुभएको हो ।
यहाँ धेरै अवैध मतदान भएको भन्दै उहाँले मतदानअघि सञ्चार माध्यमहरूले गरेको जनमत सर्वेक्षणलाई राष्ट्रपति ट्रम्पले चुनावी हस्तक्षेपको संज्ञा दिनुभयो ।(रासस/एएनआई)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २१ कार्तिक २०७७, १८ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्पको आशंका : अब रुस र भारत चीनका पक्षमा
सीले रूस र उत्तर कोरियासँग मिलेर षड्यन्त्र गरिरहेका छन्: ट्रम्प
ट्रम्पले गरे युक्रेनको सुरक्षा ग्यारेन्टीबारे छलफल
युक्रेन युद्धविरामको जिम्मेवारी जेलेन्स्कीको काँधमा : ट्रम्प
युक्रेनबारे ट्रम्प–पुटिन भेटवार्ता आज
ट्रम्प-पुटिन वार्ता हुनुअघि अमेरिका र बेलायतले गरे युक्रेनसँग बैठक