काठमाडौं । प्रमुख प्रतिपक्ष दल काँग्रेसका केन्द्रीय नेताहरुको सामुहिक रुपमा कोरोना परिक्षण गरिदैंछ । पार्टी केन्द्रीय कार्यालयमा आज बिहिबार बिहान १० बजेदेखि १ बजेसम्म केन्द्रीय सदस्यहरुको कोरोना परिक्षण गर्न लागेको काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
काँग्रेस केन्द्रीय समिति बैठक भोलिलाई बोलाईएको छ । पार्टीको आसन्न फागुनमा तय भएको महाधिवेशन कार्यकतालिका संसोधन गर्ने र संसदको बैठक बोलाउन दबाब दिने निर्णयका लागि काँग्रेस केन्द्रीय समिति बैठक भोलिबाट बस्दैछ ।
बैठकमा सहभागी हुने नेताहरुले कोरोना परिक्षण अनिवार्य गर्नुपर्ने नीति बनाएपछि काँग्रेस नेताहरुले पार्टी कार्यालयमा सामुहिक परिक्षण गराउन लागेका हुन् । पार्टी पदाधिकारी सहित केन्द्रीय सदस्य र उनका सहयोगीहरूलाई पिसिआर परिक्षण अनिर्वाय गराएर मात्र बैठकमा सहभागि हुन काँग्रेसले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० कार्तिक २०७७, १० : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : सभापति थापा
काँग्रेसको असन्तुष्ट पक्षलाई पठाएको ७ बुँदे प्रस्ताव सार्वजनिक
कांग्रेसमा एक लाख ४९ हजार ३०९ जनाको क्रियाशील सदस्यता नविकरण गर्न म्याद थप
पार्टी मिलाउन देउवा पक्षका ४ शर्त : जेठ मसान्तसम्मको अल्टिमेटम, नभए राष्ट्रिय भेला गरी नयाँ पार्टी बनाउने तयारी
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने आज अन्तिम दिन
प्रधानमन्त्रीले बोलेको कुरामा संसद अल्मलिएर बस्नु हुँदैन: कांग्रेस