काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले पहाडी क्षेत्रमा आंशिक बदली भए पनि अरु क्षेत्रको मौसम भने सामान्यतया सफा रहने जनाएको छ ।
नेपालमा अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणली विकसित नभएको मौसमविदले बताएका छन् । स्थानीय वायुको प्रभाव भने केही स्थानमा रहेको महाशाखाले जनाएको छ । अहिले पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ।
बिहीबार दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भू–भागका एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । यस्तै राति पहाडी भू–भागमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा जनाइएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० कार्तिक २०७७, ०७ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?