वासिङ्टन । राष्ट्रपतीय निर्वाचनको मतगणना चलिरहेका बेला अमेरिकाका विभिन्न ठाउँमा विरोध प्रदर्शन भएका छन् ।
ती मध्ये वासिङ्टनमा राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्धमा प्रदर्शन गरेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुसँगै अरु सयौँले प्रदर्शन गरेका थिए ।
शान्तिपूर्ण प्रदर्शन गरेकाहरुलाई पनि प्रहरीले पक्राउ गरेको भन्दै अधिकारवादी, उदारवादी तथा प्रदर्शनका समर्थकहरुले आपत्ति जनाएका छन् ।
उनीहरुले प्रदर्शन गर्दा सडक समेत अवरुद्ध भएको थियो । प्रदर्शनकारीहरुले हामी न्याय पाउदैनौँ भने उनीहरुले शान्ति पाउँदैनन् भन्ने नारा लगाएका थिए । (रासस–एएनआई)

प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १९ कार्तिक २०७७, १६ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्प र सीबीच बेइजिङमा वार्ता
ईरानसँगको युद्ध अन्त्य गर्न चीनको सहायता चाहिँदैन : ट्रम्प
ट्रम्पको घोषणासँगै तेलको मूल्यमा गिरावट
इरानको शान्ति प्रस्तावप्रति राष्ट्रपति ट्रम्पको शंका, सम्भावित सैन्य कारबाहीको संकेत
को हुन् ट्रम्प सहभागी कार्यक्रममा गोली चलाउने पुरुष ?
इरानसँगको युद्धविराम अवधि लम्ब्याउने ट्रम्पको घोषणा, नाकाबन्दी कायमै