आजको मौसम : पहाडी भू–भागका केही स्थानमा वर्षाको सम्भावना

सफल खबर संवाददाता

बुधबार, १९ कार्तिक २०७७, ०८ : ०६
आजको मौसम : पहाडी भू–भागका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले पहाडी क्षेत्रमा आंशिक बदली भए पनि देशका अरु क्षेत्रको मौसम सामान्यतया सफा रहनेजनाएको छ ।

हाल प्रदेश १ मा आंशिक बदली रहेको छ । अरु क्षेत्रमा भने मौसम सामान्यतया सफा रहेको छ । बुधबार दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहने छ । पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको मौसमविदले बताएका छन् ।

यस्तै राति देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । अहिले नेपालमा पश्चिमी वायुको प्रभाव रहेकाले पहाडी क्षेत्रमा मौसम बदली हुने देखिएको मौसमविदले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस