काठमाडौं । आर्थिक वर्षको तेस्रो त्रैमासिकमा दक्षिण कोरियाको कार निर्यात यहाँको भन्सार कार्यालयले शुक्रबार जनाएको छ ।
कारको निर्यातबाट जुलाई–सेप्टेम्बरमा कूल नौ अर्ब ३० करोड अमेरिकी डलर बराबरको कारोबार भएको र यो अघिल्लो वर्षको सोही त्रैमासिकको तुलनामा ३.४ प्रतिशतको वृद्धि हो ।
तेस्रो त्रैमासिकमा सेडानको आयातमा ६.९ प्रतिशतले कमी आउँदा दुई अर्ब ७० करोड अमेरिकी डलरले कमी आएको पनि कार्यालयले बताएको छ । निर्यात रकम वृद्धिमा उच्च निर्यात मूल्यको योगदान रहेको बताइएको छ ।
चार पाङ्ग्रे सवारी साधनमा औसत निर्यात मूल्य प्रति एकाई १७ हजार ६२७ले वृद्धि भई ८.२ प्रतिशत पुगेको उल्लेख छ ।
मूल्यको हिसाबले सेडानको निर्यात संयुक्त राज्य अमेरिका, क्यानडा तथा बेलायतमा दुई अङ्कमा विस्तार भएको तर रूस, साउदी अरब तथा स्पेनमा निर्यातमा दुई अङ्कले नै कमी आएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १४ कार्तिक २०७७, १९ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनी लडाईंमा ४७०० उत्तर कोरियाली सेना मारिए : दक्षिण कोरिया
दक्षिण कोरियामा जुन ३ मा राष्ट्रपति निर्वाचन हुने
दक्षिण कोरियाको जङ्गलमा भीषण आगलागी, २४ जनाको मृत्यु
दक्षिण कोरियाका प्रधानमन्त्री हानको महाअभियोग खारेज
महाभियोग लागेका दक्षिण कोरियाली राष्ट्रपति युन रिहा
एक दशकपछि दक्षिण कोरियाको जन्मदर बढ्यो