खोई स्मार्ट लाइसेन्स ? धानखेतमा भेटियो

सफल खबर संवाददाता

विहीबार, १३ कार्तिक २०७७, १६ : ०३
खोई स्मार्ट लाइसेन्स ? धानखेतमा भेटियो

जनकपुर । खोई गाई ? खोलाले बगायो । खोई खोला ? सुक्यो, भनेजस्तै भयो जनकपुरमा । कार्यालयमा स्मार्ट लाइसेन्स (सवारी चालक अनुमति पत्र) खोज्नेक्रममा एक कर्मचारीले भने खोई लाइसन्स ? त्यसको केही समयपछि समाचारहरु आउन थाले धानखेतमा भेटियो । 

हो, जनकपुरको धान खेतमा फालिएको अवस्थामा तीन सय सवारी चालक अनुमति पत्र फेला परेको छ। यातायात व्यवस्था विभाग, काठमाडौंमा छापेर वितरणका लागि जनकपुर कार्यालयमा पठाइएको करिब ३ सय स्मार्ट लाइसेन्स धान खेतमा फेला परेको यातायात व्यवस्था कार्यालय जनकपुरले जनाएको छ । 

कार्यालयको पर्खालको पछाडि धान खेतमा लाइसेन्स भेटिएको हो । धान काट्ने खेतालाहरूले लाइसेन्स भेटेर कार्यालयमा बुझाएका छन् ।  जनकपुर कार्यालय घटनाको विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।  यातायात कार्यालयमा राखिएको लाइसेन्स धान खेतमा फेला परेपछि कार्यालयको सुरक्षामाथि प्रश्न उठेको छ ।

जनकपुर कार्यालयले कसैले गलत नियत राखेर लाइसेन्स फालेको हुन सक्ने बताउँदै उनले यसबारे जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएको छ । 
 

प्रतिक्रिया दिनुहोस