विभागले भन्यो : ‘स्मार्ट लाइसेन्सको डेटा सुरक्षित

सफल खबर संवाददाता

शुक्रबार, ०३ असोज २०८२, १५ : ४९
विभागले भन्यो : ‘स्मार्ट लाइसेन्सको डेटा सुरक्षित

काठमाडौँ । जेन जेड आन्दोलनका क्रममा मीन भवनस्थित यातायात व्यवस्था विभागमा आगजनी हुँदा पनि स्मार्ट लाइसेन्सको डेटा भने सुरक्षित रहेको कर्मचारीहरूले बताएका छन् ।

 ब्याकअपमा रहेको डेटा रिकभर गरेर सेवा सुरु गर्न सकिने अवस्थामा रहेको कर्मचारीहरूको भनाइ छ ।

२३ र २४ भदौमा जेन जेड आन्दोलन चर्किँदा संसद् भवनभन्दा पूर्वतर्फ रहेको यातायात व्यवस्था विभागको कार्यालयमा पनि आगजनी भएको थियो ।

प्रतिक्रिया दिनुहोस