काठमाडौँ । यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र प्रणालीमा प्राविधिक समस्या देखिएको जनाउँदै अर्को सूचना जारी नहुँदासम्म सवारीचालक अनुमति पत्रसँग सम्बन्धित सम्पूर्ण सेवाहरू बन्द गरेको छ।
विभागले शुक्रबार (२) असार २०८२० जारी गरेको सूचनामा सवारीचालक अनुमतिपत्र प्रणालीमा समस्या देखिएको र सोको समाधानका लागि कार्य भइरहेको उल्लेख छ। यसका कारण इलेक्ट्रोनिक सवारीचालक अनुमतिपत्र प्रणाली, अनलाइन आवेदन प्रणाली र अत्यावश्यक अनुमतिपत्र छपाइ प्रणालीलगायत सबै सेवाहरू अनिश्चितकालका लागि बन्द गरिएको छ।
पछिल्ला केही वर्षदेखि समयमै सवारीचालक अनुमतिपत्र वितरण गर्न नसकेको भन्दै यातायात व्यवस्था विभागको नागरिकस्तरबाट चर्को आलोचना हुँदै आएको छ।राजस्व तिरेर अनुमतिपत्र लिनुपर्ने जस्तो सामान्य सेवाका लागि वर्षौँ कुर्नुपर्ने र ‘सोर्स–फोर्स’को भर पर्नुपर्ने अवस्थाप्रति सेवाग्राहीहरूले असन्तुष्टि व्यक्त गर्दै आएका छन्। प्रक्रिया वा प्रणालीको नाममा आधारभूत सेवा समेत लामो समयसम्म अवरुद्ध हुनु दुखद् र विडम्बनापूर्ण रहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० असार २०८२, १३ : ३५
लेखकबाट थप