आइपिएल : बेंगलोरलाई पराजित गर्दै मुम्बई प्ले अफमा

एजेन्सी

विहीबार, १३ कार्तिक २०७७, ०८ : ५५
आइपिएल : बेंगलोरलाई पराजित गर्दै मुम्बई प्ले अफमा

एजेन्सी । साविक विजेता मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग ९आइपिएल० २०२० मा प्ले अफमा पुगेको छ । मुम्बईले बुधबार राती आइपिएलको ४८ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ५ विकेटले पराजित गर्दै प्ले अफमा स्थान पक्का गरेको हो ।

अबुधाबीमा खेलिएको खेलमा टस हारेर पहिले ब्याटिङ गर्दै बैग्लुरुले मुम्बईलाई १६५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा मुम्बईले १९।१ ओभरमा ५ विकेटको क्षतिमा उत्तः लक्ष्य पछ्यायो । मुम्बईका लागि सूर्यकुमार यादवले नटआउट रहँदै ७९ रनको योगदान दिए । उनी म्यान अफ द म्याच चुनिए । मुम्बईका लागि मोहम्मद सिराज र युजवेन्द्र चहले २–२ विकेट लिए ।

यसअघि, राम्रो सुरुवात गरेको बैंग्लुरुले त्यसलाई ठूलो स्कोरमा परिणत गर्न असफल रह्यो । देवदत्त पडिक्कले सिजनको चौथो अर्धशतक बनाउँदै ७४ रनको यागदान दिए । उनले ३३ रन बनाएका जोश फिलिपसँग मिलेर पहिलो विकेटका लागि ७१ रनको साझेदारी गरे , खेलमा ४ ओभर बलिङ गर्दै बुमराहले मात्र १४ रन खर्चेर तीन विकेट लिए । योसँगै आईपीएलमा उनको १ सय विकेट पुरा भएको छ ।

आइपिएलको अंक तालिका
मुम्बई १२ खेलमा ८ मा जित र ४ मा हार सहित १६ अंकका साथ शीर्षस्थानमा छ । बेंगलोर १२ खेलमा ७ मा जित र ५ मा हार सहित दोस्रो स्थानमा छ । दिल्ली क्यापिटल्स १२ खेलमा ७ मा जित र ५ मा हार तेस्रो स्थानमा छ । पन्जाब १२ खेलमा ६ मा हार र ६ मा जित सहित चौथो स्थानमा छ ।

कोलकाता १२ खेलमा ६ मा जित र ६ मा हार सहित पाँचौ स्थानमा छ । सनराइजर्स हैदराबाद १२ खेलमा ७ मा हार र ५ मा जित सहित छैटौं स्थानमा उक्लिएको छ । राजस्थान १२ खेलमा ७ मा हार र ५ मा जित सहित सातौं स्थानमा पुगेको छ । चेन्नई सुपर किंग्स १२ खेलमा ८ मा हार र ४ मा जित सहित पुछारमा रहेको छ ।