एकै परिवारका दुई बालकको शव पोखरीमा

सफल खबर संवाददाता

मंगलबार, ११ कार्तिक २०७७, १२ : ०१
एकै परिवारका दुई बालकको शव पोखरीमा

सांकेतिक तस्विर

सिरहा । नरहा गाउँपालिकामा एकै परिवारका दुई बालकको शव पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको छ । 

नरहा गाउँपालिका ३ खोरियाका गुलजार सेखका छोरा वर्ष १० को अनजार र वर्ष  ८ का यहसानको शव सोमबार वेलुका गाउँदेखि करिव ७ सय मिटर पश्चिमतर्फ रहेको पोखरीमा शव भेटिएको हो ।

घरबाट दिउसो ३ बजेदेखि हराईरहेका उनीहरुको खोजतलास गर्ने क्रममा दुवै दाजुभाईको शव पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मिर्चैका डिएसी सन्तुलाल जयसवालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस