डा. बाबुराम भट्टराईलाई कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

शनिबार, ०८ कार्तिक २०७७, ०८ : ४४
डा. बाबुराम भट्टराईलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

डा. भट्टराईले ट्विट गर्दै कार्तिक ७ गते गरिएको परीक्षणको नतिजा पोजेटिभ आएको जानकारी गराएका हुन् । उनले आफ्नी श्रीमती हिसिलालाई पनि संक्रमण पुष्टि भएको जानकारी गराएका छन् ।

आफूहरु चिकित्सको सल्लाह बमोजिम होम आइसोलेशनमा बसेको बताउँदै डा. भट्टराईले केही समय यता आफ्नो सम्पर्कमा रहेका सबैलाई सतर्क रहन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस