चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बडादसैंको अवसरमा शुभकामना व्यक्त गरेकी छिन् ।
विहीबार एक शुभकामना वक्तव्य जारी गर्दै प्रमुख दाहालले भेनकी छिन्, ‘समस्त भरतपुर महानगरवासी बुबाआमा, दाजुभाइ, दिदीबहिनीहरू तथा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’
यस पटकको बडादसैं विश्वव्यापी रूपमा फैलिएको र नेपालमा पनि दिनानुदिन बढिरहेको कोरोना भाइरस (कोभिड–१९) को महामारीका बीच विशेष सावधानीका साथ मनाउनुपर्ने अवस्था रहेको बताउँदै उनले कोरोनाबाट आफू जोगिने र घर परिवार, समुदायलाई यसको संक्रमणबाट जोगाउनु हामी सबैको सामुहिक जिम्मेवारी बनेको उल्लेख गरेकी छिन् ।
कोरोना माहामारीका बेला सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई पालना गर्दै व्यक्तिगत दूरी कायम गरी घरमै बसेर घरका परिवारसँग मितव्ययी र सरल ढंगले दसैं पर्व मनाउन सम्पूर्ण महानगरवासीहरुलाई प्रमुख दाहालको आग्रह छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ कार्तिक २०७७, ०९ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मेयर दाहालद्धारा ६ कोठे विद्यालय भवन र प्रहरी कार्यालय भवनको शिलान्यास
स्थापनाको छ दशकपछि विद्यालयको पक्की भवन
पुंगी खोलाको अवैध संरचना भत्काउने कार्य जारी
शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रमा अब विशेषज्ञ सेवा
फिल्म ‘तेलभिसा’को छायांकन सकियो